free website hit counter

क्षतिपूर्ति नदिने दुई मेन पावर व्यवसायीको लाइसेन्स खारेज

beemaadmin
२०८० श्रावण २५, बिहीबार

काठमाडौं । वैदेशिक रोजगार विभागले श्रम करारबमोजिम काम नदिई अलपत्र परेको र पीडितलाई क्षतिपूर्ति नदिएको भन्दै दुई वटा मेनपावर व्यवसायीको इजाजतपत्र खारेज गरेको छ । पीडितलाई क्षतिपूर्ति नदिने डिलक्स एचआर सोलुसन र डि(स्क्वार्ड ग्रुप मेनपावर कम्पनीको इजाजतपत्र ९लाइसेन्स० खारेज गरिएको विभागका प्रवक्ता तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै कम्पनीले पीडितलाई क्षतिपूर्ति नदिएको र क्षतिपूर्ति दिन आनाकानी गर्दै आएपछि उनीहरुको इजाजतपत्र नै खारेज गरिएको हो । विभागले एक सूचना प्रकाशित गरी डिलक्स एचआर सोलुसन र डि(स्क्वार्ड ग्रुप म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार ऐन, २०६४ को दफा ५१ बमोजिम पीडितको क्षतिपूर्तिबापतको रकम इजाजतपत्र प्राप्त संस्थाको धरौटीबाट फिर्ता गराई वा क्षतिपूर्ति भराई रु एक लाख जरिवाना गर्ने र इजाजतपत्र रद्द गर्ने निर्णय गरेको जनाएको छ । युएई गएका १७ जना बाइक राइडरले आफूहरुले सम्झौताअनुसार काम नपाएको भन्दै विभागमा उजुरी दिएको विभागले जनाएको छ ।

सम्बन्धित समाचार