free website hit counter

राष्ट्रिय बीमा कम्पनीका कर्मचारीद्वारा आन्दोलन स्थगित

beemaadmin
२०८० श्रावण २७, शनिबार

काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनीका कर्मचारीहरुले आन्दोलन स्थगित गरेका छन्। कम्पनीका उच्च व्यवस्थापकसँग शुक्रबार कर्मचारी विनियमावली, २०७४ को पूर्ण कार्यान्वयन गर्ने सम्झौता भएसँगै कर्मचारीहरुले आन्दोलन स्थगित गरेका हुन्। राष्ट्रिय बीमा कम्पनी कर्मचारी संघले गगत साउन १ गतेदेखि कर्मचारी विनियमावली पूर्ण कार्यान्वयन गर्न माग गर्दै आन्दोलनमा उत्रिएका थिए। कर्मचारी संघले आज एक विज्ञप्ति जारी गर्दै कम्पनीका कर्मचारीहरुले लामो समयदेखि माग गर्दै आएको कर्मचारी विनियमावली पूर्ण कार्यान्वयनका लागि उच्च व्यवस्थापक र कर्मचारी संघबीच समझदारीपत्रमा हस्ताक्षर भएको जनाएको छ। कम्पनी व्यवस्थापनसमक्ष क्रियाशील ट्रेड युनियनहरुद्वारा २०७९ साल असोज ४ मा प्रस्तुत गरिएको विभिन्न मागका सन्दर्भमा कम्पनी सञ्चालक समिति र कम्पनी व्यवस्थापनसँग विभिन्न चरणमा वार्ता तथा छलफल भई द्विपक्षबीच सहमति भएको विज्ञप्तिमा उल्लेख छ। कर्मचारी संघका अनुसार कम्पनी व्यवस्थापन र ट्रेड युुनियनका प्रतिनिधिबीच १० बुँदे सम्झौता भएको छ। यसका साथै सम्झौतामा उल्लेख गरिएका सर्तहरु तोकिएको समय तथा सन्दर्भमा पालना नभएमा आन्दोलनको कार्यक्रम पुनः स्वचालित रुपमा अघि बढाउने कर्मचारी संघले चेतावनी दिएको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार