free website hit counter

नेपाल लाइफको खुद बीमा शुल्क ६ अर्ब ६२ करोड

beemaadmin
२०८० श्रावण २८, आईतवार

काठमाडौं । नेपालकै अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद बीमाशुल्क बढेको छ भने खुद नाफा धनात्मक भएको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ३६ अर्ब ६२ करोड ८० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.६९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सको खुद बीमाशुल्क ३४ अर्ब ९८ करोड ८२ लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफा पनि बढेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ३५ करोड २७ लाख रुपैयाँ ऋणात्मक रहेको इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिसम्ममा ६७ करोड ४४ लाख रुपैयाँ धनात्मक भएको छ। नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। असार मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ८ रुपैयाँ २२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ८४ पैसा रहेको छ। त्यसैगरी, इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ९०.५५ गुणा रहेको छ। ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा ६४ करोड ९७ लाख रुपैयाँ सञ्चित छ। त्यसैगरी, इन्स्योरेन्सको जीवन बीमा कोषमा १ खर्ब ६३ अर्ब ८२ करोड रुपैयाँ सञ्चित छ भने महाविपत्ती कोषमा ८९ करोड ६६ लाख रुपैयाँ सञ्चित छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार