free website hit counter

हिमालयन एभरेष्टको नाफामा छलाङ

beemaadmin
२०८० श्रावण ३०, मंगलवार

काठमाडौं । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स एकापसमा गाभिएर बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्स ले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा ४० करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा १८४.७५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले १४ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको खुद बीमाशुल्क पनि ३८.४२ प्रतिशतले बढेर १ अर्ब १७ करोड ७५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधीमा कम्पनीले ८५ करोड ६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।यस्तै कम्पनीले पुनर्बीमा कमिशन बापत ३१ करोड ४० लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट ६ करोड २५ लाख रुपैयाँ आम्दानी गरेको छ । दुई कम्पनी मर्जर पश्चात बनेको कम्पनीको चुक्ता पूँजी २ अर्ब ३० करोड १५ लाख रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको जगेडा कोषमा ६९ करोड ८ लाख रुपैयाँ, बीमा कोषमा १ अर्ब २९ करोड ४७ लाख रुपैयाँ र महाविपत्ती कोषमा ५ करोड ५३ लाख रुपैयाँ संचित रहेको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ४१ पैसा, प्रति शेयर नेटवर्थ १८८ रुपैयाँ ६८ पैसा र मूल्य आम्दानी अनुपात ३४।४७ गुणा रहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार