free website hit counter

रिलायवल नेपाल लाइफको नाफा बढ्यो, अन्य सूचक कस्तो ?

beemaadmin
२०८० श्रावण ३२, बिहीबार

काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद बीमाशुल्क घटे पनि नाफा भने बढेको छ । भर्खरै प्रिमियम मूल्यमा आईपीओ निष्काशन गरेको रिलायबल नेपाल लाइफले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा कम्पनीको खुद बीमाशुल्क ७.७३ प्रतिशतले घटेर ३ अर्ब ४७ करोड ८९ लाख रुपैयाँमा सीमित भएको हो । अघिल्लो आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ३ अर्ब ७७ करोड १ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यस्तै कम्पनीको खुद नाफा भने ५७.२८ प्रतिशतले बढेर ४३ करोड २२ लाख रुपैयाँ पुगेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको यसै अवधिमा २७ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट ७० करोड ४८ लाख रुपैयाँ, बीमालेख धितोमा ३० करोड ३१ लाख रुपैयाँ कर्जा प्रवाह गरी ९० लाख ६२ हजार रुपैयाँ आम्दानी गरेको छ । चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गरेको छ । उक्त शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ४ अर्ब रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको जगेडा कोषमा १ अर्ब ४७ करोड ९९ लाख रुपैयाँ, जीवन बीमा कोषमा ६ खर्ब ६३ करोड ४८ लाख रुपैयाँ र महाविपत्ती कोषमा १५ करोड ५ लाख रुपैयाँ सञ्चित रहेको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ४४ पैसा र नेटवर्थ १५८ रुपैयाँ २३ पैसा रहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार