free website hit counter

आठ बीमकले पाए हकप्रद जारी गर्ने अनुमति

beemaadmin
२०८० भाद्र ९, शनिबार

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले ८ बीमा कम्पनीलाई हकप्रद सेयर जारी गर्न दिने निर्णय गरेको छ। मर्जर गई वा अन्य तरिकाबाट आफैँ पुँजी बढाउन प्रयास गर्ने ४ जीवन र ४ निर्जीवन बीमा कम्पनीलाई हकप्रद जारी गर्न दिने निर्णय भएको बीमा प्राधिकरणका कार्यकारी निर्देशन राजुरमण पौडेलले जानकारी दिए। उनका अनुसार जीवन बीमातर्फ एसियन लाइफ, सानिमा रिलायन्स लाइफ, सूर्यज्योति लाइफ र प्रभु महालक्ष्मी लाइफलाई हकप्रद जारी गर्न अनुमति दिइएको छ। यसैगरी निर्जीवनतर्फ युनाइटेड अजोड, सानिमा जीआईसी, नेको र हिमालयन एभरेस्ट इन्स्योरेन्सलाई हकप्रद जारी गर्न दिने निर्णय भएको पौडेलले जानकारी दिए। प्राधिकरणका अनुसार सबैभन्दा बढी एसियन लाइफलाई ४२ प्रतिशत हकप्रद जारी गर्न निर्णय गरेको छ। हाल एसियन लाइफको चुक्तापुँजी ३ अर्ब १५ करोड रुपैयाँ रहेको छ। त्यस्तै सानिमा रिलायन्स लाइफलाई पनि हाल कायम चुक्तापुँजी ४ अर्ब १८ करोड रुपैयाँको २० प्रतिशत हकप्रद जारी गर्न दिने निर्णय गरेको छ। यसका साथै सूर्यज्योति लाइफलाई १० प्रतिशत र प्रभु महालक्ष्मी लाइफलाई १० प्रतिशत हकप्रद जारी गर्न दिने निर्णय प्राधिकरणले गरेको छ। हाल सूर्यज्योतिको चुक्तापुँजी ४ अर्ब ५४ करोड रुपैयाँ र प्रभु महालक्ष्मीको चुक्तापुँजी ४ अर्ब २९ करोड रुपैयाँ रहेको छ।
यसैगरी प्राधिकरणले निर्जीवन बीमातर्फ सबैभन्दा बढी युनाइटेड अजोड इन्स्योरेन्सलाई ३२ प्रतिशत हकप्रद जारी गर्न दिने निर्णय गरेको छ। कम्पनीको हाल चुक्तापुँजी १ अर्ब ९० करोड रुपैयाँका आधारमा प्राधिकरणले युनाइटेड अजोडलाई ३२ प्रतिशत हकप्रद जारी गर्न दिने भएको हो। त्यस्तै सानिमा जीआईसी र नेको इन्स्योरेन्सले पनि २५–२५ प्रतिशतका दरले हकप्रद जारी गर्न अनुमति पाएका छन्। सानिमा जीआईसीको चुक्तापुँजी २ अर्ब र नेकोको चुक्तापुँजी २ अर्ब १ करोड रुपैयाँ रहेको छ। प्राधिकरणले हिमालयन एभरेस्ट इन्स्योरेन्सलाई भने जम्मा १२ प्रतिशत मात्रै हकप्रद निष्कासनको अनुमति दिने निर्णय गरेको छ। कम्पनीले हाल कायम २ अर्ब २३ करोड रुपैयाँ चुक्तापुँजीका आधारमा १२ प्रतिशत राइट सेयरको अनुमति दिने निर्णय भएको कार्यकारी निर्देशन पौडेलले जानकारी दिए।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार