free website hit counter

सिटिजन लाइफको आईपीओ भोलि बाँडफाँट

beemaadmin
२०८० भाद्र २७, बुधबार

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले भदौ १५ गतेदेखि १९ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आगामी बिहीबार बाँडफाँट हुने भएको छ । उक्त कम्पनीको आईपीओ बिहिबार दिउँसो २ बजे बाँडफाँड गर्ने तयारी गरिएको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलले जनाएको छ । उक्त कम्पनीको आईपीओका लागि १५ लाख १० हजार ६ सय ९३ जनाले ४ अर्ब ९ करोड ६८ लाख ३ हजार ९ सय २० रुपियाँ बराबरको १ करोड ६७ लाख ९० हजार १८० कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपियाँको ३० प्रतिशत अर्थात १ अर्ब १२ करोड ५० लाख रुपियाँको आईपीओ बिक्री गर्न लागेको हो । प्रतिकित्ता रु १०० अंकित मूल्यमा रु १४४ रुपियाँ प्रिमियम थप गरेर रु २४४ मा १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ बिक्री गर्ने भएको हो । कूल निष्काशन मध्ये ११ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ । पाँच लाख ६२ हजार ५ सय कित्ता कर्मचारी र ५ लाख ६२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ९० लाख कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ । सर्वसाधारणका लागि छुट्याइएको आईपीओ ९ लाख जनाले १०–१० कित्ताका दरले पाउने छन् ।

सम्बन्धित समाचार

सुनको मूल्य घट्यो

beemaadmin
२०८१ मंसिर १३, बिहीबार