free website hit counter

१४ वाणिज्य बैंकको लाभांश दुई साताभित्र

beemaadmin
२०८० भाद्र ३१, आईतवार

काठमाडौं । एनआइसी एशिया, एभरेष्ट, माछापुच्छ्रे, सनिमा र सिटिजन्स बैंकले लाभांश घोषणा गरिसकेकाले अब लगानीकर्ताको ध्यान १४ वाणिज्य बैंक माथि पर्न थालेको छ । ५ बैंकले लाभांश वितरण गरिसकेकाले अब बाँकी वाणिज्य बैंकले पनि लाभांश घोषणा गर्न तयारीमा रहेका छन् । एनआईसी एशिया बैंकले चुक्ता पूँजीको २९ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल ३०.५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साथै, एभरेष्ट बैंकले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र १०.५३ प्रतिशत नगद गरी कूल २०.५३ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यसैगरी, सानिमा बैंकले चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र ५।७ प्रतिशत नगद गरी कूल १४.७० लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । माछापुच्छ्रे बैंकले चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । आज मात्रै सिटिजन्स बैंकले चुक्ता पूँजीको ५.७९ प्रतिशत नगदा लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गरिरहेका छन् । हालसम्म डेढ दर्जन बढी कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । जसमध्ये ५ वटा वाणिज्य बैंकले लाभांश वितरण गर्ने घोषणा गरिसकेका छन् । कुल २० वाणिज्य बैंक मध्ये राष्ट्रिय वाणिज्य बैंकले सर्वसाधारणलाई शेयर जारी गरेको छैन् । बाँकी १९ मध्ये ५ वटाले लाभांश प्रस्ताव गरिसकेका छन् । अझै १४ वाणिज्य बैंक लाभांश घोषणा गर्न बाँकी छन् । अब लगानीकर्ताको ध्यान लाभांश वितरण गर्ने वाणिज्य बैंकमाथि जान थालेको छ ।

सम्बन्धित समाचार