free website hit counter

सन नेपाल लाइफको शेयर नेप्सेमा सूचीकृत

beemaadmin
२०८० आश्विन २, मंगलवार

काठमाडौं । असोज २ गते, मंगलबार, नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर सूचीकृत भएको छ। यस दिन नेप्सेमा इन्स्योरेन्सको ३ करोड २० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो। इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, कर्मचारीसहित सर्वसाधारणका लागि बिक्री गरेको ९६ लाख कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको २ करोड २४ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो। इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबार गर्न सकिनेछ। अर्थात इन्स्योरेन्सको शेयर असोज ४ गते बिहीबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात दोस्रो बजारमा कारोबार गर्न सकिनेछ। इन्स्योरेन्सको आरटिएस सेवा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडबाट हुनेछ। पहिलो कारोबारका लागि इन्स्योरेन्सलाई नेप्सेले १५८ रुपैयाँ ४१ पैसादेखि ४७५ रुपैयाँ २३ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। यसै रेञ्जका आधारमा इन्स्योरेन्सको पहिलो कारोबार हुनेछ। नेप्सेले इन्स्योरेन्सलाई एसएनएलआई स्टक टिकर प्रदान गरेको छ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार