free website hit counter

असोज १८ बाट सर्वसाधारणलाई आईपीओ निष्काशन गर्दै माथिल्लो मैलुङ खोला जलविद्युत

beemaadmin
२०८० आश्विन ९, मंगलवार

काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युतले यही असोज १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि जारी पुँजीको १५ प्रतिशतले हुन आउने १५ करोड रुपैयाँले हुन आउने १५ लाख कित्ता आईपीओ छुट्याएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने १ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गरिसकेको छ। कम्पनीले कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ७५ हजार कित्ता सामूहिक लगानी कोषका लाग छुट्याएको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई १ करोड २७ लाख ५० हजार कित्ता बिक्री गरेर बाँकी रहेको ९ हजार २०० कित्ता थपेर सर्वसाधारणलाई कुल १२ लाख ८४ हजार २०० कित्ता बिक्री खुला गरिने भएको हो। लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ। माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ निष्कासन बन्द छिटोमा असोज २२ गते र ढिलोमा कात्तिक २ गते बैंकिङ समयपछि हुनेछ। यो आईपीओको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

सम्बन्धित समाचार