free website hit counter

नेपाल पुनर्बीमा कम्पनी प्रमुख कार्यकारी अधिकृतमा रायमाझी

beemaadmin
२०७६ पुष ८, मंगलवार

काठमाडौं । तीन जना प्रतिस्पर्धीलाई उछिन्दै शंकरकुमार रायमाझीले नेपाल पुनर्बिमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका छन् । कम्पनीको प्रमुख कार्यकारीमा ६ जनाको आवेदन परेको थियो। राष्ट्र बैंकको निर्देशकबाट अवकास भएका अशोक पौडेल, युनाइटेड इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी शेखर बराल, नबिल बैकका पूर्व ब्यवस्थापक ज्ञानेश्वर आचार्य, राष्ट्रिय वाणिज्य बैंकका पूर्व कर्मचारी शंकर रायमाझी र कृषि विकास बैंकका पूर्व कर्मचारी शेषनारायण आचार्यले सो पदका लािग आवेदन दिएका थिए।

पहिलो चरणमा छानिएका निवर्तमान सिइओ चिरायु भण्डारी, शेषरमण आचार्य, अशोककुमार पौडेललाई उछिन्दै रायमाझीले चार वर्षका लागि पुनर्बीमा कम्पनीको सिइओको जिम्मेवारी पाएका हुन् । सोमबार अपरान्ह बसेको नेपाल पुनर्बिमा कम्पनीको कम्पनी सञ्चालक समितिको बैठकले रायमाझीलाई आगाी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुत्त गर्ने निर्णय गरेको हो ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार