free website hit counter

हकप्रद निष्कासनको अनुमति माग्दै सेबोन पुग्यो एलआईसी नेपाल

beemaadmin
२०८० कार्तिक १६, बिहीबार

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ। लामो समयसम्म हकप्रद निष्कासनको प्रक्रियामा अल्झिएको एलआईसी नेपालले सेबोनमा निवेदन पेस गरेको हो। कम्पनीले हिजोमात्रै निवेदन पेस गरेको सेबोनका एक अधिकारीले जानकारी दिए। कम्पनीले कायम चुक्तापुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४८ प्रतिशतले हुने अर्थात् १ः०.८८ अनुपातमा हुन आउने २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँबराबरको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर निष्कासनका लागि सेबोनमा निवेदन दिएको छ। कम्पनीले यसअघि डकुमेन्ट प्रोसेसमा ढिलाइ भएको बताउँदै सेबोनमा निवेदन पेस गर्न नसकेको बताएको थियो। एलआईसी नेपालमा आधाभन्दा बढी एलआईसी इन्डियाको लगानी रहेकोले दुई कम्पनीको फाइलिङको काम मिलाउँदा हकप्रद निष्कासनका लागि ढिलाइ भएको कम्पनीका एक अधिकारीले बताए।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार