free website hit counter

तीन दिनको ओरालोपछि फेरि बढ्यो सुन

beemaadmin
२०८० कार्तिक १६, बिहीबार

काठमाडौं। सोमबारदेखि तीन दिन क्रमिक घटेको सुनको मूल्य बिहीबार भने बढेको छ। अघिल्लो दिनका तुलनामा ७ सय बढ्दा सुनको कारोबार मूल्य प्रति तोला १ लाख १५ हजार ७ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिनका तुलनामा एक हजार रुपैयाँ घट्दा बुधबार प्रति तोला १ लाख १५ हजार रुपैयाँमा कारोबार भएको थियो। कात्तिक लागेयता लगातार बढेको सुनको मूल्यमा यो साताका तीन दिन गरेर दुई हजार रुपैयाँ घटेको थियो। चाँदी पनि बढेर मूल्य निर्धारण भएको छ। २० रुपैयाँ बढ्दा बिहीबार कारोबार मूल्य प्रति तोला १४ सय ५ रुपैयाँ भएको हो। अघिल्लो दिनका तुलनामा ३५ रुपैयाँको गिरावटले बुधबार भने प्रति तोला १३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रति औंस १९८६.१ डलरले करोबार भइरहेको छ। बुधबार प्रति औंस १९७९.७ डलर थियो भने मंगलबार १९९४.३७ डलर थियो। चाँदीको कारोबार मूल्य बिहीबार २३.०२ डलर छ। मंगलबार बढेर २३.१६ डलर पुगेको कारोबार मूल्य बुधबार प्रति औंस २२.६४ डलरमा आइपुगेको थियो।

सम्बन्धित समाचार