free website hit counter

नागरिक लगानी कोषको नाफा बढ्यो

beemaadmin
२०८० कार्तिक २१, मंगलवार

काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कोषको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कोषले २६ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.८२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कोषले २३ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। आम्दानी बढेसँगै कोषको नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा कोषको ब्याज आम्दानी २३.०३ प्रतिशत बढेको छ भने सेवा शुल्क तथा कमिशन आम्दानी १२.१० प्रतिशत बढेको छ। त्यस्तै, कोषको कुल आम्दानी समीक्षा अवधिमा १४.६० प्रतिशत बढेको छ भने कुल खर्च १७.२७ प्रतिशत बढेको छ। नाफा बढेपनि कोषको प्रतिशेयर आम्दानी अर्थात ईपीएस भने घटेको छ। समीक्षा अवधिमा कोषको यस्तो आम्दानी १ रुपैयाँ ९६ पैसा घटेर १९ रुपैयाँ ९४ पैसामा झरेको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा कोषको यस्तो आम्दानी घट्न पुगेको हो। असोज मसान्तसम्ममा कोषको प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ७९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९३.५३ गुणा रहेको छ। ५ अर्ब ३१ करोड ३७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कोषको जगेडा कोषमा २३ अर्ब ३८ करोड ४३ लाख रुपैयाँ सञ्चित छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार