काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासमा ५ करोड ३४ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ५३ लाख ७४ हजार रुपैयाँ मात्रै खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले यस वर्ष १७.८८ प्रतिशत बढी नाफा गरेको हो । असोज मसान्तसम्म कम्पनीले ५४ करोड ७ लाख ४ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७३ करोड २५ लाख ५० हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । चालु आर्थिक वर्षको तीन महिनामा कम्पनीले ३८ करोड २२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ४७ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्त पुँजी २ अर्ब ३० करोड रुपैयाँ रहेको छ भने महाविपत्ती कोषमा ५ करोड ४५ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ९.३० रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १८७.२५ रुपैयाँ रहेको छ । कम्पनीको मूल्य अनुपात ५१.६४ गुणा रहेको छ ।