free website hit counter

उपसभामुखको राजीनामा आउँदै, मन्त्री बनाउने तयारी

beemaadmin
२०७६ पुष १०, बिहीबार

काठमाडौं । प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले आज आफ्नो पदबाट राजीनामा दिने कार्यक्रम रहेको छ । समाचारस्रोतकाअनुसार तुम्बाहाम्फेले प्रतिनिधिसभाका जेष्ठ सदस्यलाई सम्बोधन गरेर संसद सचिवालयमा राजीनामा पत्र बुझाउने तयारी भएको बताइन्छ ।

सभामुख पद रिक्त हुन गएको र संविधानमा सभामुखले उपसभामुखसमक्ष, उपसभामुखले सभामुखसमक्ष राजीनामा पेश गर्नुपर्ने प्रावधान राखिएको भए पनि सभामुख नभएको अवस्थामा उपसभामुखले कसलाई राजीनामा बुझाउने भन्ने सन्दर्भमा संधिवानले परिकल्पना नै नगरेका कारण जेष्ठ सदस्यलाई सम्बोधन गरेर गाँठो फुकाउन लागिएको हो । सभामुखको निर्वाचन कार्यतालिका शुक्रबार १ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकले सार्वजनिक गर्ने छ ।

Advertisement
Advertisement

शुक्रबारको बैठकको अध्यक्षता जेष्ठ सदस्य महन्त ठाकुरले गर्ने कार्यक्रम छ । सभामुखको निर्वाचन तालिका सार्वजनिक गर्ने बैठकको कार्यसूचि भएका कारण सभामुख सत्तारुढ नेकपाले लिने हुँदा उपसभामुख पद नेकपाले छाड्नु पर्ने संवैधानिक प्रावधानका कारण डा. तुम्बाहाम्फेले पदबाट राजीनामा बुझाउनु पर्ने अवस्था आएको हो । यदि तुम्बाहाम्फेले बैठक बस्नु अघि राजीनामा नदिएमा सभामुखको निर्वाचन कार्यतालिका समेत प्रभावित हुनेछ ।

Advertisement
Advertisement

यसो हुँदा शुक्रबारको बैठक फेरि सर्न जान्छ । उपसभामुखले राजीनामा दिएपछि उनलाई रिक्त हुन गएको शहरी विकास मन्त्रालय वा कानुन न्याय तथा संसदीय मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको समेत स्रोतले दाबी गरेको छ । यद्यपि तुम्बाहाम्फेले भने आफू सभामुखको दाबेदार रहेको कुराबाट टसमस भएकी छैनन् ।

सम्बन्धित समाचार