free website hit counter

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा गुणराज लोहनी

beemaadmin
२०८० मंसिर १४, बिहीबार

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा गुणराज लोहनी नियुक्त भएका छन्। तनहुँका डा लोहनीलाई मन्त्रिपरिषद् बैठकले अध्यक्षमा नियुक्त गरेको हो। उनी अवकासप्राप्त चिकित्सक हुन्। यसअघि उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको प्रमुख भएर काम गरिसकेका छन्।

बैठकले नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्ष पदमा महोत्तरी स्थायी घर भएका सुबोधकुमार शर्मालाई मनोनयन गरेको छ भने सांस्कृतिक संस्थान ९नाचघर०को सञ्चालक समितिको अध्यक्ष पदमा भोजपुरको हतुवागढी गाउँपालिका दुई स्थायी घर भएका चन्द्रकुमार राईलाई तोकेको सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी गराएकी हुन् ।

उनका अनुसार बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति सदस्य त्रिरत्न मानन्धरको राजीनामा स्विकृत गर्दै सदस्य पदमा काठमाडौंमा महानगरपालिका ३२ का अच्युतराज पहाडीलाई मनोनयन गरेको छ ।

बैठकले न्याय परिषद्को सिफारिस अनुसार वैदेशिक रोजगार व्यायाधिकरणको अध्यक्ष पदमा उच्च अदालत दिपायलका न्यायाधीश कृष्ण गिरीलाई तोक्ने, न्याय परिषद्कै सिफारिसमा राजस्व न्यायाधिकरण पोखराको कानून सदस्य एवम अध्यक्ष पदमा उच्च अदालत पोखराका न्यायाधीश राजनप्रसाद भट्टराई, विराटनगरको कानून सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत बिराटनगरका न्यायाधीश विपुल न्यौपाने र काठमाडौंको कानून सदस्य एवम अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश रमेश ढकाललाई तोक्ने निर्णय गरेको छ ।

 

सम्बन्धित समाचार