गाइघाट । बैकिङ पहुँच वृद्धिको अभियानमा रहेको सिटिजन्स बैंक इन्टरनेसनलले उदयपुरको गाईघाट स्थित श्री १८ नम्बर बाहिनी अड्डा, भुल्केमा एटीएम सेवा शुभारम्भ गरेको छ । श्री १८ नम्बर बाहिनीका बाहिनीपति सहायकरथी कृष्णप्रसाद सापकोटाले उक्त एटीएम सेवाको उद्घाटन गरे । उक्त एटीएम सेवाको सञ्चालन पश्चात् उक्त बाहिनी अड्डाका सैनिक तथा त्यस क्षेत्र वरपरका जनता तथा सेवाग्राही लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।