काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको जाजरकोट शाखाले बीमा दाबी रकम भुक्तानी गरेको छ । जाजरकोट भूकम्पमा परी मृत्यु भएकी नलगाड नगरपालिका कि उप(प्रमुख सरिता सिंहको परिवारलाई ५ लाख ४० हजार रुपैयाँ बिमा दाबी रकम मंगलबार भुक्तानी गरेको हो । उपप्रमुख सरिता सिंहकी दिदी तारा कुमारी शाहीलाई उक्त चेक हस्तान्तरण गरिएको थियो । सो अवसरमा नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश प्रमुख पदम सोडारीले बीमाको पहुँच दूर दराजका बस्तीसम्म पुर्याउन पर्ने आवश्यकता रहेको बताए ।