free website hit counter

साना किसान विकास लघुवित्तको लाभांश संशोधन

beemaadmin
२०८० मंसिर २८, बिहीबार

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले वितरण गर्न घोषणा गरेको लाभांश परिमार्जन भएको छ । उक्त लभांस राष्ट्र बैंकले स्वीकृत नगरेपछि संशोधन गरेको हो । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको थियो । संशोधन पछि हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनस शेयर र ०.७५ प्रतिशतका दरले नगद लाभांश (कर सहित) गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार