free website hit counter

गोकर्णमा सरकार पुरै नाफामा : नेपाल ट्रष्ट

beemaadmin
२०७६ पुष ११, शुक्रबार

काठमाडौं । सर्वाधिक चर्चामा रहेको नेपाल ट्रष्ट अन्तर्गतको गोकर्ण रिसोर्टको लिज सम्झौताको म्याद थप सम्बन्धमा ट्रष्टले आधिकारीक धारणा सार्वजनिक गरेको छ । पुरानो सम्झौता अवधि ५ वर्ष ८ महिना बाँकी रहँदा नै अर्को २५ वर्षका लागि सम्झौता गरेको भन्दै चौतर्फी विवाद उठाइरहेको बेला नेपाल ट्रष्ट कार्यालयले पत्रकार सम्मेलन गरी सरकारी कदमको बचाउ गरेको हो ।

पत्रकार सम्मेलनमा नेपाल ट्रष्टका कार्यकारी सचिव गजेन्द्रकुमार ठाकुरले यति समूहलाई थप २५ वर्ष भाडामा दिने निर्णयले सरकारप्रति निजी क्षेत्रको विश्वास बढेको दाबी गर्दै यो निर्णयले सरकारले बोलेपछि गर्दोरहेछ, सरकारी जग्गामा पनि लगानी गर्न सकिने रहेछ भन्ने भएको बताएका छन् । गोकर्णमा सरकार चोखो नाफामा रहेको दाबी गर्दै सबै थोक उसको छ, हाम्रो त जग्गा बाहेक केही छैन । र त्यो जग्गा पनि खाइसकेको छैन, बुद्धि उसको, ऋण पनि उसैको, ब्याज तिर्ने पनि उसैले, हामी चोखो नाफामा छौं ।

Advertisement
Advertisement

समयमा निर्णय नगर्दा गोकर्ण रिसोर्टको २ हजार ७९३ रोपनी जग्गा गाई चराउने मैदान हुनसक्ने भएकाले अहिले नै लिज अवधि थप्नु परेको ट्रष्टका सहसचिव राजेश्वर ज्ञवालीले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् । कानून अनुसार निर्णय गरेको भन्दै उनले यो निर्णय मुलुकलाई कुनै हानी नोक्सानी नभएको उनले बताए ।

Advertisement
Advertisement

सम्बन्धित समाचार