free website hit counter

साताको शुरुमै घट्यो सुनको मूल्य

beemaadmin
२०८० पुष १, आईतवार

काठमाडौँ । आज एकैदिन नेपालमा सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा आज सुनको मूल्य ह्वात्तै घटेको जानकारी दिएको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ८०० रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य १ लाख १७ हजार २५० रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार १०० रुपैयाँ कायम थियो । यस्तै, आज चाँदीको मूल्य १४ सय ५५ रुपैयाँ कायम भएको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १४ सय ७० रुपैयाँ कायम थियो । यो १५ रुपैयाँको गिरावट हो ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार