free website hit counter

सुनको मूल्य फेरि बढ्यो

beemaadmin
२०८० पुष ३, मंगलवार

काठमाण्डौ । नेपाली बजारमा पहेंलो धात् सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन तोलामा २०० रुपैयाँ बढेको हो ।यो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, यो दिन तेजावी सुनको प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।यसैगरी,चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा पाँच रुपैयाँले घटेको छ । यो दिन चाँदी प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, यो दिन अन्तराष्ट्रिय बजारमा भने सुनको मूल्य घटेको छ। अन्तरराष्ट्रिय बजारमा मंगलबार अघिल्लो दिनको तुलनामा सुनको भाउ घटेर प्रतिऔंस २ हजार २३ डलरमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार