free website hit counter

नेशनल इन्स्योरेन्सले गर्यो सशस्त्रका गोताखोरको निःशुल्क दुर्घटना बिमा

beemaadmin
२०७६ पुष १२, शनिबार

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्वप्रति निकै सचेत रहेको नेशनल इन्स्योरेन्स कम्पनी सशस्त्र प्रहरीका गोताखोर तालिम लिएका कर्मचारीहरुलाई सामूहिक रुपमा निःशुल्क दुर्घटना बीमा गरिएको छ । प्रधान कार्यालय हल्चोकमा एक कार्यक्रमका बीच नेशनल इन्स्योरेन्स कम्पनीले प्रतिव्यक्ति दुई लाख रूपैयाँको बीमा गरेको हो ।
सशस्त्र प्रहरी बलका गोताखोरहरुको बीमा गर्ने कार्य २०७४ सालदेखि सुरु भएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापालाई इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अरुण कौशलले बीमालेख (पोलिसी) हस्तान्तरण गरेका थिए ।

सम्बन्धित समाचार