free website hit counter

सानिमा रिलायन्सले डाक्यो साधारण सभा

beemaadmin
२०८० पुष १९, बिहीबार

काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुस १७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको छैठौँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी माघ ११ गते बिहिबारका दिन काठमाण्डौ नक्सालमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा नियमनकारी निकायबाट हुने संधोन वा परिवर्तनका निर्देशन पारित गर्ने र सानिमा लाइफ र साबिकको रिलायन्स लाइफले गरेका सामाजिक उत्तरदायित्व अन्तर्गतको खर्चहरु अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसका साथै सानिमा लाइफ र साबिकको रिलायन्स लाइफको आव २०७८–७९ को लेखापरीक्षणको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७९–८० का लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। सभामा सञ्चालक समितिमा संस्थापक सेयरधनी समूह बाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी पुस २६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस २५ गतेसम्म कायम सेयरधनीमात्रै कम्पनीको सभामा सहभागी हुने सक्नेछन् ।

सम्बन्धित समाचार