free website hit counter

बीमकहरुका लागि लगानीको दायरा फराकिलो

beemaadmin
२०८० पुष २३, सोमबार

काठमाडौं । नियामक निकाय नेपाल बिमा प्राधिकरणले बीमकहरुका लागि लगानीको दायरा फराकिलो पारिदिएको छ । बीमकहरुको लगानी निर्देशन संशोधन गर्दै लगानी गर्ने कम्पनीको बिमा कोषको १५ प्रतिशतसम्म लगानी गर्न सकिने व्यवस्था गरेको छ । संशोधन अघि लगानी गर्ने कम्पनीको बिमा कोषको ५ प्रतिशतमात्रै शेयर किन्न पाउने व्यवस्था थियो । बिमा प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले लगानी विविधिकरणको साथै दायरा फराकिलो बनाउने निर्देशिका संशोधन गरिएको बताए । बीमा कम्पनीहरुले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त धितोपत्र विनिमय बजारमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीको शेयरमा लगानी गरिने कम्पनीको बिमा कोषको १५ प्रतिशत लगानी गर्न सकिने व्यवस्था गरेको हो । पब्लिक कम्पनीको शेयरको साथै बीमा कम्पनीले अब प्राइभेट इक्वीटी र भेन्चर क्यापिटल फन्डमा पनि लगानी गर्न पाउने भएको छ। नेपाल बीमा प्राधिकरणले जीवन, निर्जीवन, लघु जीवन, लघु निर्जीवन र पुनर्बीमा कम्पनीले प्राइभेट इक्वीटी र भेन्चर क्यापिटल फन्डमा लगानी गर्न पाउने गरी लगानी निर्देशिका संशोधन गरेको हो । प्राधिकरणले जीवन बीमकको लगानी (दोस्रो संशोधन), २०८०, निर्जीवन बीमकको लगानी (पहिलो संशोधन) निर्देशन, लघु जीवन बीमकको लगानी (पहिलो संशोधन), लघु निर्जीवन बीमकको लगानी पहिलो संशोधन र २०८० पुनर्बीमकको लगानी (पहिलो संशोधन) निर्देशन, २०८० जारी गर्दै यस्तो व्यवस्था गरेको हो। बीमा कम्पनीले विशिष्टीकृत लगानी कोष नियमावली बमोजिम धितोपत्र बोर्डबाट व्यवसाय गर्न स्वीकृत प्राप्त प्राइभेट इक्वीटी फण्ड र भेन्चर क्यापिटल फन्डमा लगानी गर्न सक्ने सक्ने प्राधिकरणको निर्देशनमा उल्लेख छ । कम्पनीले कुल लगानीको बढीमा १।५ प्रतिशतसम्म यस्ता प्राइभेट इक्वीटी र भेन्चर क्यापिटल फन्डमा लगानी गर्न पाउने छन् भने एकै फण्डमा बढीमा १ प्रतिशतसम्म लगानी गर्न सक्ने व्यवस्था गरिएको छ। प्राधिकरणको सञ्चालक समितिले पुस ५ गते लगानी निर्देशन संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।

सम्बन्धित समाचार