free website hit counter

हिमालयन एभरेष्ट इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

beemaadmin
२०८० पुष २५, बुधबार

काठमाडौं । अग्रणी बीमा कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ८.६३ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ६.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। पुस २५ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने घोषणा गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चाता सो लाभांश वितरण गरिनेछ।

सम्बन्धित समाचार