free website hit counter

यूनाइटेड अजोड इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

beemaadmin
२०८० माघ ५, शुक्रबार

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८० को वितरणयोग्य मुनाफाबाट कुल १० दशमलव ८०१३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १० दशमलव २६१२ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ५४०१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको उक्त प्रस्तावित लाभांश बीमा प्राधिरकणबाट स्वीकृती भएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

सम्बन्धित समाचार