free website hit counter

एक वर्षमा पुनर्बीमा कम्पनीले २० अर्ब पुँजी बनाउनु पर्ने

beemaadmin
२०८० माघ १७, बुधबार

काठमाडौं । बीमकहरुको चुक्ता पुँजी वृद्धिको निर्णय कार्यान्वयनका चरणमा रहेको बेला नियामक निकाय नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरुको पूँजी बढाउने निर्णय गरेको छ। प्राधिकरणको बुधबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी बढाउने निर्णय गरेको हो। पुनरर्बीमा कम्पनीको चुक्ता पूँजी बढाएर २० अर्ब रुपैयाँ पुर्याउने निर्णय भएको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पराजुलीले बताए। पुनरर्बीमा कम्पनीहरुले पूँजी बढाउन एक वर्षको समय पाउने छन्। २०८१ माघ मशान्तसम्म २० अर्ब पूँजी पुर्याउनुपर्ने गरी निर्देशन दिने निर्णए भएको पौडेलले बताए।

सम्बन्धित समाचार