काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको गोरखा शाखाले बीमितको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । गोरखा नगरपालिका– १० बिरिन्चोकका स्वर्गीय फत्तबहादुर रानामगरको परिवारलाई मुत्यु दाबी भुक्तानी गरेको हो । राना मगरको श्रीमती मन कुमारी राना मगरलाई एलआईसी नेपालका गोरखा शाखा प्रमुख नवीन पाण्डेले बीमा वापतको रु ३ लाख ४० हजार चार सय रुपैयाँको मृत्युदाबीको चेक हस्तान्तरण गरेका हुन् । राना मगरको केही महिना अगाडि निधन भएको थियो । उनले एलआईसीमा १० बर्ष अगाडि २ लाख रुपैयाँको जिवन बीमा गरेका थिए । मृत्यु दाबी भुक्तानी कार्यक्रममा बोल्दै एलआईसी नेपालका गोरखा शाखा प्रमुख नवीन पाण्डेले जीवन बीमा भनेको बचत र सुरक्षा भयकोले मृत्युपछि पनि परिवारलाई आर्थिक रुपमा सहज हुने बताए । त्यसैले व्यक्तिले कमाएको २० देखि ३० प्रतिशतसम्म आम्दानी बीमामा लगानी गर्दा राम्रो हुने बताए ।त्यस्तै गोरखा शाखाका एजेन्सी म्यानेजर बुद्धि बहादुर अर्याल र मो फजल मियाले जीवन बीमाको महत्त्व र आबस्यकता माथि प्रकाश पारेका थिए ।