free website hit counter

कालिञ्चोक दर्शनको नाफा बढ्यो

beemaadmin
२०८० माघ २९, सोमबार

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६४ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा ९८ लाख रुपैयाँ ऋणात्मक रहेको थियो। आम्दानी बढेसँगै कम्पनीको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको आम्दानी ६५३.०८ प्रतिशत बढेर ३ करोड ४३ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, समीक्षा अवधिमा कम्पनीको सञालन आम्दानी ७०४.९४ प्रतिशत बढेको छ भने वित्तीय खर्च ८५.२९ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा ६८ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको सञ्चालन मुनाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड ३७ लाख रुपैयाँ धनात्मक भएको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ १६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ९७ रुपैयाँ ९४ पैसा रहेको छ। त्यस्तै, सो अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ३८०.३९ गुणा रहेको छ। ५९ करोड ६३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष १ करोड २४ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

सम्बन्धित समाचार

कक्षा १२ को परीक्षा सुरु

beemaadmin
२०८३ बैशाख १४, सोमबार

नेपाल बैंकले कमायाे २ अर्ब ७९ करोड नाफा

beemaadmin
२०८३ बैशाख १४, सोमबार

एभरेस्ट बैंकको नाफा ३ अर्ब ३२ करोड

beemaadmin
२०८३ बैशाख १४, सोमबार