free website hit counter

सुनको मूल्य ४ सय बढ्यो

beemaadmin
२०८० फाल्गुन ९, बुधबार

काठमाडौं । बुधबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख १८ हजार रुपैयाँमा सुनको कारोबार भएकोमा आज १ लाख १८ हजार ४ सय रुपैयाँ पुगेको छ । सुनको मूल्य विगत केही दिनदेखि नै बढिरहेको छ । गत बिहीबार १ लाख १६ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । शुक्रबार १ लाख १७ हजार १ सय, आइतबार १ लाख १७ हजार ६ सय, सोमबार र मंगलबार १ लाख १८ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि बुधबार तोलामा ५ रुपैयाँ बढेर १ हजार ४१५ रुपैयाँ पुगेको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार