free website hit counter

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सीईओमा प्रसाई नियुक्त

beemaadmin
२०८० फाल्गुन १८, शुक्रबार

काठमाण्डौ । आगामी ४ वर्षका लागि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोष प्रसाई नियुक्त भएका छन् । कम्पनीको फागुन १८ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले प्रसाईलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो । नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट बीमा क्षेत्रमा प्रवेश गरेका प्रसाई बीमा क्षेत्रमा अनुभवी व्यक्तिको रुपमा चिनिन्छन् । प्रसाईसँग नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व गरेको अनुभव छ । साविकको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्य गर्दै गर्दा साविकको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र साविकको महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच मर्जर पश्चात बनेको प्रभु महालक्ष्मी लाइफमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको भुमिकामा रहेका थिए । सञ्चालक समितिको बैठकले प्रसाईलाई प्रमुख कार्यकारी अधिकृतमा ४ वर्षे कार्यकालका लागि नियुक्ती प्रदान गरेको छ ।

सम्बन्धित समाचार