free website hit counter

१२ निर्जीवन बीमा कम्पनीमध्ये ११ को लाभांश घोषणा

beemaadmin
२०८० फाल्गुन २३, बुधबार

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका १२ निर्जीवन बीमा कम्पनीमध्ये ११ वटाले आफ्ना शेयरधनीहरुलाई दिने लाभांश घोषाा गरिसकेका छन् भन् एउटा मात्रै कम्पनीले घोषणा गर्न बाँकी रहेको छ । अहिलेसम्म नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, हिमाल एभरेष्ट इन्स्योरेन्स, आइजीआई प्रु्डेन्सियल इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्सले साधारण सभा सम्पन्न गरिसकेका छन् भने शिखर इन्स्योरेन्स चैत्र ९ गते र सिद्धार्थ प्रिमियम इन्स्योरेन्सले फागुन ३० गते साधारण सभा मिति तोकेकोछ । सिद्धार्थ प्रिमियरको बुक क्लोज सकिसकेको छ भने शिखरले फागुन २७ गते बुक क्लोज मिति तोकेको छ । नेपाल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९–८० का लागि १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो। उक्त लाभांश पुस १३ गतेको साधारण सभाले पारित समेत गरिसकेको छ। गत आर्थिक वर्षका लागि हाल कायम चुक्ता पुँजी १ अर्ब ४९ करोड ४७ लाख ६५ हजार ३९९.७२ रुपैयाँको कुल १० प्रतिशतले हुन आउने १४ करोड ९४ लाख ७६ हजार ५३९.९७ रुपैयाँ बराबरको बोनश शेयर र कर प्रयोजनार्थ ०।५२ प्रतिशतले हुन आउने ७८ लाख ६७ हजार १८६.३१ रुपैयाँ बराबरको नगद लाभांश छ। त्यसैगरी हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९र८० को लाभांश घोषणा गरेको छ। कम्पनी गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब ३० करोड १५ लाख ३५ हजार रुपैयाँको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ८.६३ प्रतिशतले हुन आउने १९ करोड ८६ लाख २२ हजार ४०० रुपैयाँ बराबरको बोनस शेयर र ६.३७ प्रतिशतले हुन आउने १४ करोड ६६ लाख ७ हजार ७८० रुपैयाँ बराबरको नगद लाभांश (करसहित) रहेको छ। एनएलजी इन्स्योरेन्सले आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीहरूलाई ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०।२८ प्रतिशत नगद लाभांश गरी ५.७८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीको फागुन ३ गते सम्पन्न साधारण सभाले सो प्रस्ताव पारित गरिसकेको छ ।
त्यस्तै युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई १०.८० प्रतिशत लाभांश दिने भएको हो। कम्पनीको बिहीबार बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १०.२६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो। कम्पनीकोे फागुन ६ गते सम्पन्न साधारण सभाले सो प्रस्ताव पारित गरिसकेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ११ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीको लाभांश प्रस्ताव फागुन ३० गते हुने साधारण सभाले पारित गरेर बीमा प्राधिकरणले स्वीकृत गरेपछि लगानीकर्ताले पाउनेछ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बीमा प्राधिकरण र साधारण सभाले पारित गरेपछि मात्रै लगानीकर्ताले सो लाभा‌ंश प्राप्त गर्न सक्नेछन।

प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ४.७५ प्रतिशत कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश प्रतिशत लाभा‌ंश प्रस्ताव गरेको हो । बीमा प्राधिकरण र साधारण सभाले पारित गरेपछि मात्रै लगानीकर्ताले सो लाभा‌ंश प्राप्त गर्न सक्नेछन। एलआईसी नेपालले गत मंसिर १८ गते आव २०७८-७९ को साधारण सभा सम्पन्न गरेको थियो भने सानिमा रिलायन्स इन्स्योरेन्सले आगामी माघ ११ र हिमालयन लाइफ इन्स्योरेन्सले माघ १८ आव २०७८-७९ को साधारण सभा सम्पन्न गर्दैछ। तीन वटै लाइफ इन्स्योरेन्स कम्पनीले उक्त वर्षको नाफाबाट लगानीकर्ताको हात खाली बनाएको थियो। साधारणतया एक्च्युरी भ्यालुएसन गर्नुपर्ने हुँदा यस्ता कम्पनीहरुको साधारण सभा ढिला हुने गेरको कम्पनीका अधिकारीहरु बताउँछन्।

Advertisement
Advertisement

सम्बन्धित समाचार