free website hit counter

रविले भने, सहकारी प्रकरणमा मेरो संलग्नता छैन

beemaadmin
२०८० चैत्र १४, बुधबार

काठमाडौं। गृहमन्त्रालय सम्हालेपछि संसदमा काँग्रेसले गृहमन्त्रीमाथि प्रश्न उठाइरहेका बेला उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा मेरो नाम बाहेक केहि नभएको बताएका छन्। बुधबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले सहकारीमा आफ्नो नाम मात्र उल्लेख रहेको तर त्यसबाहेक केहि नभएको बताएका हुन्। उनले यो विषयमा अदालतमा समेत मुद्धा दर्ता भएको आफुले सुनेको र त्यसमा आफ्नो नाम नरहेको बताए। गृहमन्त्री लामिछानेले यो विषयमा जहाँ प्रश्न उठ्छ त्यहि उत्तर दिने बताउदै आफुमाथि उठेका प्रश्नको जवाफ दिने बताएका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा लामिछानेले आफुले कुनै किसिमको राजनीतिक पूर्वाग्रह नराखी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले दुर्गा प्रसाईले हतियार बोकेको विषय कानुनले दिएको भन्दा बढी अधिकार दिइएको पाइएको बताउदै यस विषयमा मन्त्रालयले अनुसन्धान गरिरहेको जानकारी दिएका छन्।

सम्बन्धित समाचार

आइएमई लाइफको सिइओमा खड्का नियुक्त

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार

काठमाडौँमा शुरु भयो रविको बयान

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार