free website hit counter

सानिमा रिलायन्स लाइफमा जागिर खुल्यो

beemaadmin
२०८० चैत्र २६, सोमबार

काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न प्रादेशिक कार्यालय, शाखा तथा उपशाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । कम्पनीले प्रदेश प्रमुख, शाखा प्रमुख र बजार व्यवस्थापक पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको छ । जीवन बीमा,बैंक तथा वित्तीय संस्था,लघुवित्त तथा अन्य क्षेत्रमा बजार प्रवर्द्धन सम्बन्धी कार्यानुभव भएका आवेदकहरुलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ । इच्छुक तथा योग्यता पुगेका आवेदकले सूचना प्रकाशित भएको १० दिनभित्र कार्य गर्न इच्छुक पद,प्रदेश,जिल्ला र स्थान उल्लेख गरी व्यक्तिगत विवरणसहित कम्पनीको आधिकारीक वेवसाइटमार्फत आवेदन दिनुपर्नेछ ।

सम्बन्धित समाचार