काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा ५९ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा १०९.६५ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीको खुद नाफा २८ करोड ४८ लाख रुपैयाँ थियो । कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ३२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको ५५ करोड ६९ लाखको तुलनामा १३८.५५ प्रतिशतले धेरै हो । कम्पनीको अन्य प्रत्यक्ष आम्दानी २ करोड ५७ लाख,कमिशन आम्दानी २६ करोड ५८ लाख, लगानी तथा कर्जा आम्दानी ५२ करोड ७३ लाख र अन्य आम्दानी ८६ लाख २३ हजार रुपैयाँ रहेको छ । कम्पनीको कुल आम्दानी २ अर्ब १५ करोड र खुद दाबी भुक्तानी ६६ करोड २५ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ३० करोड कुल खर्च गरेको छ । कम्पनीको महाविपत्ती कोषको आकार १६ करोड ७४ लाख र रिटेन्ड अर्निङ ७१ करोड २ लाख रुपैयाँबराबर रहेको छ । कम्पनीको चुक्तापूँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीले सेयर प्रिमियम शीर्षकमा ४ लाख ७५ हजार रुपैयाँ मात्रैसंचित गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) वृद्धि भएको छ । कम्पनीको ईपीएस १९.६८ रुपैयाँबाट बढेर २८.३७ रुपैयाँ कायम भएको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ २५४.५९ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५०५.७० रुपैयाँ तरलता अनुपात १.०५ प्रतिशत र मूल्य आम्दानी अनुपात २६.४४ गुणा कायम भएको छ ।