free website hit counter

सुनको भाउमा पुनः नयाँ कीर्तिमान

beemaadmin
२०८१ जेष्ठ ३, बिहीबार

काठमाडौं । बिहीबार सुन र चाँदी दुबैको भाउमा नयाँ रेकर्ड कायम भएको छ। यस दिन सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा ६० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख ४० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख रुपैयाँमा खरिद बिक्री भइरहेको छ। बुधबार छापावाला सुन प्रतितोला १ लाख ३८ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो। यसअघि गत बैशाख ७ गते सुनको भाउले १ लाख ३९ हजार ३०० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको थियो। सो पश्चात सुनको भाउ केही घटेको थियो। तर बिहीबार त्यो रेकर्डलाई तोड्दै सुनको भाउले अर्को नयाँ रेकर्ड कायम गरेको हो। यस्तै बिहीबार चाँदी प्रतितोला १ हजार ८०५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ। यो चाँदीको हालसम्मकै उच्च मूल्य हो। बुधबार चाँदी प्रतितोला १ हजार ७४५ रुपैयाँमा खरिदबिक्री भएको थियो। यसअघि गत चैत ३० गते चाँदीको भाउ १ हजार ७५० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको थियो। बिहीबार सो रेकर्डलाई तोड्दै चाँदीको भाउले पनि अर्को रेकर्ड बनाएको हो।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार