free website hit counter

अमेरिकी रिजर्भ बैंकको नीतिगत निर्णयले विश्व बजारमा सुनको भाउ बढायो

beemaadmin
२०८१ जेष्ठ ५, शनिबार

काठमाडौं । सुनको भाउले रेकर्डमाथि रेकर्ड कायम गरिरहेको छ। यस साताको बिहीबार सुनको भाउ ऐतिहासिक उचाइमा पुग्यो । त्यस दिन सुन हालसम्मकै उच्चदर प्रतितोला एक लाख ४० हजार रूपैयाँ पुग्यो । यो साता बिश्व बजारमा सुन तथा चाँदी दुवैको मुल्य उच्च दरले बढेकोले नेपाली बजारमा पनि यसको प्रभाव परेको हो । शुक्रबार विश्व सुन बजारमा सुन प्रति अउन्स २५ डलरले बढेर २ हजार ४०३ डलर बराबरमा कारोबार भयो । चाँदीको पनि मूल्य वृद्धि भएर प्रति अउन्स ३० डलर पुग्यो । अमेरिकी रिजर्भ बैंक फेडले लिएको नीतिगत कारणले गर्दा मुल्यमा चाप परेको बिश्लेषकहरुले तर्क गरेका छन् ।
नेपाली बजारमा पनि यो साता सुनको मुल्यले नयाँ उचाई कायम गरेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला एक लाख ३८ हजार ४०० रुपैयाँ रहेको सुनको मुल्य साताको दोस्रो दिन घटेर तोलाको एक लाख ३८ हजार १०० रूपैयाँमा झरेको थियो । मंगलबार पनि सुनको भाउ सामान्य घटेर एक लाख ३७ हजार ४०० रूपैयाँमा कारोबार भएको थियो। साताको चौथो दिन भने सुन तोलामा एक हजार रूपैयाँले बढेर एक लाख ३८ हजार ४०० रूपैयाँ पुगेको थियो । तर बिहिबार सुनको भाउ पुनः महंगिएर नयाँ रेकर्ड कायम भएको थियो । त्यस दिन सुन तोलामा एक हजार ६०० रूपैयाँले बढेर प्रतितोला एक लाख ४० हजार रूपैयाँको उचाइमा पुगी खरिदबिक्री भएको थियो । तर शुक्रबार भने सुन फेरि सस्तियो । शुक्रबार प्रतितोला एक लाख ३९ हजार ३०० रूपैयाँमा झर्यो । यसरी साताभरमा सुनको भाउ तोलामा ९०० रूपैयाँले महंगिएको छ । यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि बढेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला ग्राम एक हजार रुपैयाँ रहेको थियो । चाँदी मुल्यले बिहिबार रेकर्ड कायम गरेको थियो । हिजो चाँदी प्रतितोला एक हजार ८०५ रुपैयाँ पुग्यो । जुन शुक्रबार सामान्य घटेर प्रतितोला एक हजार ८०० रुपैयाँ कायम भयो ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार