free website hit counter

कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न

beemaadmin
२०८१ जेष्ठ १२, शनिबार

काठमाडौं । अग्रणी निर्जिवन बीमा कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्सले कृषि तथा पशुपन्छी तालिम सम्पन्न भएको छ । जुम्लाको खलंगामा कम्पनीको कर्णाली प्रदेश कार्यालयको आयोजना र जुम्ला शाखाको सहजिकरणमा उक्त तालिम सम्पन्न भएको हो । यही जेष्ठ ९ गतेदेखि ११ गते सम्म खलंगाको होटल दौतरीमा संचालन भएको तालिममा बीमाका प्रकार, जोखिम जोखिमका प्रकार, विमाका सिद्धान्तहरु, कृषि पशुपन्छी निर्देशिका बीमा गर्ने तरिका, अभिकर्ताका आचारसंहिता, विमा ऐन, निर्देशका जस्ता विषयहरु समेटिएको पाठ्क्रममा आधारित रही तालिम सम्पन्न गरिएको कम्पनीका कृषि विभाग प्रमुख उमेश ढकालले बताए । तालिममा कृषि बीमा, पशुपन्छी विमा र जडिबुटी बीमाका अभ्यासहरु पनी गराईएको प्रमुख ढकालले बताए । तालिममा जुम्लाका विभिन्न स्थानिय निकायहरुबाट १७ जना प्राविधिकहरुको उपस्थिती रहेको थियो । यस अघि कम्पनीले मुगुको छायानाथ रारा नगरपालिकामा पनी अभिकर्ता तालिम सम्पन्न गरेको थियो ।

सम्बन्धित समाचार