काठमाण्डौ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने निर्णय गरेको छ । संस्थाको जेठ २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९–८० का लागि सेयरधनीहरुलाई कुनै पनि लाभांश प्रदान नगर्ने निर्णय गरेको हो । बैठकले गत आवमा ३० लाख ७३ हजार ७५१ रुपैयाँ खुद नाफा आर्जन गरेकोमा उक्त रकमको २० प्रतिशत अर्थात ६ लाख १४ हजार ७५० रुपैयाँ साधारण जगेडा कोषमा र बाँकी २४ लाख ९० हजार रुपैयाँ रिटेन्ड अर्निङमा राख्ने निर्णय गरेको छ । यससँगै समाज लघुवित्तका सेयरधनीहरुको हात यसपाली खाली हुने भएको छ ।