free website hit counter

स्वास्थ्य बीमा बोर्डबाट ११ महिनामा ८ अर्ब ८४ करोड दाबी भुक्तानी

beemaadmin
२०८१ जेष्ठ २२, मंगलवार

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सूचीकृत स्वास्थ्य संस्थालाइ स्वास्थ्य उपचार सेवा वापत पाँचौं किस्ता अन्तर्गत थप ५९ करोड १७ लाख रूपैयाँ दाबी भुक्तानी दिएको छ । बोर्डका अनुसार गत बैशाखमा पाँचौं किस्ताको ८५ प्रतिशत रकम निकासा गरिएकोमा जेठ २० गते बाँकी १५ प्रतिशत रकम भुक्तानी गरिएको हो। बोर्डले सञ्चालक समितिको गत चैत्र २८ गतेको निर्णय अनुसार कुल ३४९ स्वास्थ्य संस्थालाई थप दाबी रकम उपलब्ध गराएको हो । बोर्डले यसअघि पाँचौं किस्ता अन्तर्गत गत बैशाख २३ गते दाबी वापत ३ अर्ब ३५ करोड २९ लाख ५० हजार रूपैयाँ स्वास्थ्य संस्थाहरूलाई भुक्तानी गरेको थियो । बोर्डका अनुसार चालू आर्थिक वर्ष २०८०।८१ को जेठ २० गतेसम्ममा स्वास्थ्य संस्थाले कूल ८ अर्ब ८४ करोड ६२ लाख ५० हजार रूपैयाँ दाबी भुक्तानी लिएका छन् । बोर्डले स्वास्थ्य सेवा प्रदायक अस्पताल तथा स्वास्थ्य स‌ंस्थालाई गत फागुन १० गतेसम्ममा चौथो किस्ता समेत कुल ४ अर्ब ९० करोड १६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो।

सम्बन्धित समाचार