free website hit counter

नेशनल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

beemaadmin
२०८१ असार २, शनिबार

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रुकुम पश्चिम शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । बाफिकोट गाउँपालिका ६ का सन्दिप कुसारीले आफ्नो छोरा बिजय कुसारीको २ लाख ५० हजार ५ सय रुपैयाँको बीमा गराएका थिए । सो वपत उनले ३ किस्तामा जम्मा रु ३९,९१५ जम्मा गरेकोमा सन्दिप कुसारीको असामयिक निधन भएपछि छोरा बिजय कुसारीले बीमाङक रकम २ लाख ५० हजार ५ रुपैयाँ पाएका छन् । अब छोरा बिजय कुसारीले बाँकी किस्ता जम्मा गर्नुनपर्ने कम्पनीले जनाएको छ । अबधी पुगेमा पुन कम्पनीले बीमाङक रकम र पुरै अबधिको बोनश प्राप्त गर्ने चिठी कम्पनीका शाखा प्रमुख टंक हमालले दिएका हुन् । कम्पनीले मृतक सन्दिप कुसारीलाई हार्दिक श्रद्धान्जली दिँदै जीवन बमिा आफू रहे आफैलाई र आफू नरहे परिवारलाई भुक्तानी दिने भएकाले सबैले बीमा गर्नुपर्ने बताएको छ ।

सम्बन्धित समाचार