free website hit counter

हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

beemaadmin
२०८१ असार १०, आईतवार

काठमाडौं । हिमालयन लाइफले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतक डुडुवा गाँउपालिका ४ , शाहपुर्वाकी सरिता तेलिको परिवार सन्जय तेलिलाई ५ लाख ३९ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । संजय कुमार शर्मा अभिकर्ताद्वारा बीमा जारी गरिएको थियो । जसमा बीमितले जम्मा २ किस्ता मात्र जम्मा गरेकी थिइन् । सोहि अवधिमा सामान्य बिरामी भइ मृत्यु भएको हो । उक्त बीमालेख ५ लाखको यस हिमालयन लाइफ नेपालगंज शाखाबाट जारी गरिएको थियो । जस अन्तर्गत स्थानिय र सामाजिक अगुवाको बीचमा एक कार्यक्रमको आयोजना गरी यस प्रदेशका प्रदेश उपप्रमुख उमेश ठाकुरबाट सम्बन्धित ब्यक्त्तिलाई सो रकम बराबरको चेक हस्तान्तरण गरिएको हो । कार्यक्रममा बीमाको आवश्यकता र यसको महत्व अपरिहार्यता रहेको बिषयमा नेपालगंज शाखाका प्रमुख दिपक चालिसे, पेशागत बीमा अभिकर्ता संघका केन्द्रिय सदस्य तथा बरिस्ठ एजेन्सी म्नेजर निरज कुमार भट्ट र प्रदेश उपप्रमुख उमेश ठाकुरले उपस्थित सबैजनालाई जानकारी गराएका थिए ।

सम्बन्धित समाचार