free website hit counter

बिहीबारसम्म एसइईको नतिजा सार्वजनिक

beemaadmin
२०८१ असार १२, मंगलवार

काठमाडौं । एसइई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यो वर्षको एसइई परीक्षाको नतिजा पर्सिसम्म निकाल्ने अन्तिम तयारी गरेको हो । कार्यालयले तयार पारेको कार्य योजनाअनुसार उत्तरपुस्तिका परीक्षण, अङ्कभार प्रविष्ट र ‘मिस म्याच’ को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको छ । अहिले ५२ वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका जाँच भइसकेको छ । यो वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने भएको छ । विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याएमा एनजी उल्लेख गरिने भएको छ। एसइईको परीक्षा गत चैत १५ गतेदेखि सुरु भएको थियो । सो परीक्षामा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी भएका थिए । यस अघिल्ला वर्षकाहरूमा असार १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने गरिएको छ । गत वर्ष भने एसइईको नतिजा असार २४ गते सार्वजनिक गरिएको थियो ।

सम्बन्धित समाचार