free website hit counter

अर्थमन्त्रीमा फर्किएलान् विष्णु पौडेल

beemaadmin
२०८१ असार १८, मंगलवार

काठमाडौं । नयाँ सत्ता समिकरणसँगै मन्त्रीका लागि दौडधूप शुरु भएकोछ । नेपाली कांग्रेस र नेकपा एमालेको सहमतिमा बन्ने सरकारमा अर्थमन्त्री विष्णु पौडेल हुने सम्भावना बढेको छ। सोमबार मध्यराती भएको सहमति अनुसार पहिलो चरणको सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् भने दोस्रो चरणको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने भएका छन्। एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने प्रारम्भिक सहमति भएको थियो। सो सहमतिसँगै अर्थमन्त्रीमा विष्णु पौडेल आउने सम्भावना बढेको हो। कांग्रेससँगको सत्ता समीकरणलगायतका विषयमा छलफल गर्न आज दिउँसो एमाले सचिवालयको बैठक बोलाइएको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार