free website hit counter

पहिरोले बगाएका दुवै बसमा थिए ६५ यात्रु

beemaadmin
२०८१ असार २८, शुक्रबार

काठमाडौं । नारायणगढ(मुग्लिन सडकमा शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा खसेका २ यात्रु बसमा ६५ जना सवार रहेको खुलेको छ। चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले घटनास्थलबाट दुई वटा बसमा ६५ यात्रु रहेको विवरण दिएका हुन्। भरतपुर महानगरपालिका(२९ सिमलतालनजिक खसेको पहिरोले वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स बस बगाएको थियो। जसमा २४ जना यात्रु सवार थिए। त्यस्तै काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्सको बस ४१ जना यात्रु रहेको पुष्टि भएको यादवले बताए । अहिले प्रजिअ यादवसहित करिब ८० जना सुरक्षाकर्मीको टोली उद्धार र खोजीमा जुटेको छ।

तीन यात्रुले हामफालेर जोगाए ज्यान
चितवनमा बस पहिरोले बगाएपछि तीन यात्रुले हाफ फालेर ज्यान जोगाएका छन्। काठमाडौंबाट रौतहटको गौर गइरहेको गणपति डिलक्स बसलाई चितवनको सिमलतालमा पहिरोले बगाएपछि तीन जना यात्रुले हामफालेर ज्यान जोगाएका हुन्। नारायगण मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर नगरपालिका वडा नम्बर २९ मा काठमाडौंबाट गौरतर्फ जाँदै गरेको यात्रु हाम फालेर बच्न सफलको चितवन प्रहरीले जनाएको छ। वर्षा निरन्तर भइरहेको र पहिरोसमेत नरोकिएकाले उद्धारमा कठिनाइ भएको भएको प्रहरीको भनाइ छ । यसरी ज्यान जोगाउने यात्रुमा रौतहटको देवाही गोनाहीका दुई र वृन्दावन नगरपालिकाको सिसवा धमौराका एक जना रहेको प्रहरीले जनाएको छ। यात्रुको पूर्ण विवरण खुलिसकेको छैन । पहिरोले बगाएको बस र बसमा सवार अन्य यात्रुको उद्धार कार्य जारी रहेको प्रहरीले बताएको छ।

एन्जल डिलक्समा वीरगञ्जबाट चालकसहित चढेका थिए २४ यात्रु
चितवन पहिरोमा परेर बेपत्ता बनेको एन्जल डिलक्स बस वीरगञ्चबाट चालकसहित २४ जना यात्रु लिएर काठमाडौ‌का लागि छुटेको खुलेको छ । त्यसमा केही यात्रु भारतीय पनि थिए । प्रदेश ०३००६ ख १५१६ नं. को सो बसमा बीच बाटोमा यात्रु चढेका थिए वा थिएनन् भन्ने एकीन भइसकेको छैन । सो बस आज बिहान चितवनको सिमतालमा पहिरोमा परेको थियो । चालक जवाहिर महतोले हाँकेको उक्त बस वीरगञ्जबाट बिहीबार साँझ ८ बजे काठमाडौंका लागि छुटेको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार