free website hit counter

स्पेनलाई चौथोपटक युरोकपको उपाधि

beemaadmin
२०८१ असार ३१, सोमबार

काठमाडौं । इङल्यान्डलाई पराजित गर्दै युरो कप २०२४ को उपाधि स्पेनले उचालेको छ। आइतबार राति बर्लिनको अ‍ोलम्पियाड स्टेडियममा भएको फाइनलमा इङल्यान्डलाई २–१ गोल अन्तरले पराजित गर्दै स्पेनले उपाधि जितेको हो। योसँगै स्पनेले चौथो पटक युरोकपको उपाधि उचालेको हो। स्पेनले सन् १९६४, २००८, २०१२ पछि यसपटक युरो कपको उपाधि हात पारेको हो। इङल्यान्डविरुद्ध स्पेनले दुई पटक अग्रता बनाएको थियो। खेलको ४७ औँ मिनेटमा निको विलियम्सको गोलमा स्पेनले सुरुवाती अग्रता बनाएको थियो। उनले लामिन यमालको पासमा बललाई पोष्टको जाली चुमाएका थिए। खेलको ७३ औँ मिनेटमा इङल्यान्ड खेलमा फर्किएको थियो। वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका कोम पालमरले गोल गर्दै इङल्यान्डलाई बराबरीमा ल्याएका थिए। तर खेलको ८६ औँ मिनेटमा मिकेल ओयारजाबालको गोलमा स्पेनले पुनः अग्रता बनाएको थियो। त्यसपछि खेलमा थप गोल हुन नसक्दा स्पेनले उपाधि उचाल्न सफल भएको हो। स्पेनको जितसँगै इङल्यान्ड फेरि एकपटक उपाधि नजिक पुगेर पनि टाढिएको हो। इङ्ल्यान्ड ५८ वर्षको पिडा भुलाउने प्रयासमा पुनः असफल भयो। इङ्ल्यान्ड १९६६ पछि उपाधि विहीन छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार