free website hit counter

पूँजी बजारको पक्षमा सक्रिय रहने अर्थमन्त्रीको प्रतिबद्धता

beemaadmin
२०८१ श्रावण १, मंगलवार

काठमाडौं । पुँजी बजारले रुचाएका अर्थमन्त्री विष्णु पौडेलले पूँजी बजारको प्रति आफू सकारात्मक रहेको र यस क्षेत्रको विकास तथा स्थायित्वका लागि आफूले सक्रियता पूर्वक पहल गर्ने बताएका छन् । धितोपत्र ब्रोकर्स एशोसिएसन नेपालका पदाधिकारीहरुसँगको भेटघाटमा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
यसकासाथै, धितोपत्र ब्रोकर्स एशोसिएसन नेपालका अध्यक्ष सागर ढकालको नेतृत्वका पदाधिकारीहरुले नवनियुक्त अर्थमन्त्री पौडेललाई भेटी बधाई तथा शुभकामना प्रदान गरेका छन् । मंगलबार सिंहदरबारस्थित मन्त्रीको कार्यकक्षमा भएको भेटघाटमा एशोसिएसनका तर्फबाट अध्यक्ष ढकालले नवनियुक्त अर्थमन्त्रीबाट पूँजी बजारले यसको सुधार विकासका लागि अग्रगामी नेतृत्वको आशा गरेको बताउँदै मन्त्रीको सफल कार्यकालको शुभकामना तथा बधाई ज्ञापन गरेका थिए।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार