काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी आइएमइ लाइफ इन्स्योरेन्सले गत असार महिनामा ३ करोड ३६ लाख रूपैयाँ दाबी भुक्तानी गरेको छ। इन्स्योरेन्सले प्रकाशन गरेको तथ्यांक अनुसार असार महिनामा भुक्तानी गरिएको दाबीमध्ये सर्वाधिक रकम वैदेशिक रोजगार बीमा अन्तर्गत भुक्तानी गरिएको छ। गत आव २०८०।८१ को अन्तिम महिना असारमा वैदेशिक रोजगार बीमालेख अन्तर्गत १ करोड ६६ लाख ५० हजार रूपैयाँ भुक्तानी गरेको छ। यसैगरी सावधिक प्रकृतिका परम्परागत बीमालेखबाट १ करोड २८ लाख ४७ हजार रूपैयाँ दाबी भुक्तानी बीमितले पाएका छन् । म्यादी बीमालेखका बीमितलाई इन्स्योरेन्सले ४१ लाख ५६ हजार रूपैयाँ दाबी भुक्तानी गरेको छ।